२८ मंसिर, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जातीय र भाषिक विविधता नेपालको सम्पत्ति भएको बताएका छन् ।
आइतबार आदिवासी जनजाति उत्थान प्रतिष्ठानले सिंहबारमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले सांस्कृतिक, भाषिक, आर्थिक गतिविधि गर्ने विविधता मुलुकलाई समृद्ध बनाउने आवश्यक कुरा भएको बताए ।
उनले विविध विधिताहरूको सही उपयोग गर्न नसकिरहेको बताए ।
कतिपय जातिहरूलाई अहिलेसम्म पनि चिन्न नसकिएको उनले बताए ।
मन्त्री खनालले प्रतिष्ठानका लागि आफू मन्त्रालयमा रहँदा आवश्यक कानुनी आधारहरू तयार पार्न आवश्यक अध्ययन गर्ने पनि बताए ।
‘जातीय विविधता, भाषिक विविधता नेपालको सम्पत्ति हो । हामीले यसलाई दायित्व सम्झिनुपर्छ । यसमा अफ्ठ्यारो कसैले सम्झनु हुँदैन । यो भनेको हाम्रो सांस्कृतिक, भाषिक, आर्थिक गतिविधि गर्ने विविधता यी भनेको मुलुलाई समृद्ध गर्नको निमित्त अत्यन्त आवश्यक कुरा हो । हामीले यसको सही परिचालन गर्न सकेका छैनौँ । कतिपय अवस्थामा समानुपातिक प्रतिनिधित्व हुन सकिरहेको छैन । कतिपय जातिहरूलाई अहिलेसम्म पनि चिन्न सकेका छैनौँ,’ उनले भने ।
आदिवासी जनजाति उत्थान प्रतिष्ठानले कतिपय काम गर्नका लागि बजेट नभएको गुनासो गरेको भए पनि बजेट दिन तत्काल अधिकार नहुने बताए ।
कार्यक्रम नभए कार्यक्रम थप गर्ने अधिकार अर्थमन्त्रीलाई नहुने र भएको कार्यक्रमअन्तर्गत थपघट गर्न सकिने अर्थमन्त्री खनालको भनाइ छ ।
प्रतिक्रिया 4