+
+
Shares

पाकिस्तानको मलमा आगलागी : ६ जनाको मृत्यु, २० बढी घाइते

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ४ गते १५:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाकिस्तानको कराचीमा शनिबार राति गुल प्लाजामा आगलागी हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको र २० भन्दा बढी घाइते भएका छन्।
  • सिन्ध प्रान्तकी प्रवक्ता सादिया जावेदले आगलागी बहुमंजिला मलमा सुरु भएको र १२०० भन्दा बढी पसलहरू रहेको बताउनुभयो।
  • रेस्क्यु ११२२ का अधिकारी हस्सानुल हसीब खानले आगो करिब ४० प्रतिशत नियन्त्रणमा आएको र केही मानिसहरू अझै भवनभित्र फसेको जानकारी दिनुभयो।

पाकिस्तानको दक्षिणी शहर कराचीमा शनिबार राति एक मलमा आगलागी हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको र २० भन्दा बढी घाइते भएको सरकारी अधिकारीहरूले आइतबार जानकारी दिएका छन् ।

सिन्ध प्रान्तकी प्रवक्ता सादिया जावेदले सिन्ह्वालाई जानकारी दिँदै भने, ‘आगलागी गुल प्लाजामा सुरु भएको थियो । यो बहुमंजिला मल एमए जिन्नाह रोडमा अवस्थित छ र यहाँ एक हजार २०० भन्दा बढी पसलहरू छन् ।’

प्रवक्ता अनुसार, दमकल टोलीहरूले लगातार काम गर्दै आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् । आगो मलका धेरै तलाहरूमा फैलिएको छ ।

रेस्क्यु ११२२ का अधिकारी हस्सानुल हसीब खानले आइतबार बिहानसम्म करिब ४० प्रतिशत आगो नियन्त्रणमा आएको बताए ।

‘अधिकांश पसलहरूमा भाँडा, लत्ताकपडा, बिजुलीका सामान, सौन्दर्य सामग्री र इत्र रहेका थिए, जसले आगोलाई बढाएको छ,’ उनले भने । साथै, प्लाजाको एउटा भाग भत्किएको र एक उद्धारकर्मी त्यसमा पुरिएको जानकारी दिए ।

उद्धार अधिकारीका अनुसार, केही मानिसहरू अझै भवनभित्र फसेका छन् र तिनीहरूको उद्धारको प्रयास जारी छ ।

प्रहरी अधिकारीहरूले बताएअनुसार, आगो सुरुमा भवनको भुइँ तलाको पसलहरूमा लागेको थियो र छोट सर्किटका कारण फैलिएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?