+
+
Shares

कीर्तिपुरमा दिउँसै हतियार प्रहार गरी एक युवकको हत्या

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, विपिन घिमिरेमाथि दिउँसो साढे २ बजेको समयमा हतियार प्रहार भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २३ गते १६:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा दिउँसो साढे २ बजे विपिन घिमिरेमाथि धारिलो हतियार प्रहार गरी हत्या भएको छ।
  • गम्भीर घाइते विपिनलाई कीर्तिपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका छन्।
  • प्रहरीले हत्यारा पहिचान भइसकेको र छिट्टै पक्राउ पर्ने जानकारी दिएको छ।

२३ वैशाख, काठमाडौं । कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या भएको छ ।

कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा युवकको हत्या भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, विपिन घिमिरेमाथि दिउँसो साढे २ बजेको समयमा धारिलो हतियार प्रहार भएको थियो ।

गम्भीर घाइते भएका उनलाई उद्धार गरेर कीर्तिपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । प्रहरीका अनुसार साथी–साथीबीच झगडा हुँदा हतियार प्रहार भएको थियो ।

हतियार प्रहार गर्नेको पहिचान भइसकेको र छिट्टै पक्राउ पर्ने एसपी भट्टराईले बताए । ‘हतियार प्रहार गर्नेका पहिचान भइसकेको छ । चाँडै पक्राउ गर्छौ । हाम्रो टोली खटिरहेको छ’ एसपी भट्टराईले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?