२७ भदौ, भक्तपुर । राष्ट्रिय क्षयरोग केन्द्र ठिमीको शौचालयमा शङ्कास्पद अवस्थामा आज एक पुरुषको शव फेला परेको छ ।
फाइल तस्वीर
केन्द्रको महिला शौचालयमा अन्दाजी ४५ वर्षका एक पुरुषको शव फेला परेको केन्द्रका निर्देशक विकास लामिछानेले जानकारी दिए ।
शौचालय सफा गर्न सफाइ जाने मजदुरले बाहिरबाट चुकुल लगाइएको शौचालयभित्र पुरुषको शव फेला पारेपछि प्रहरीको जिम्मा लगाइएको उनले बताए ।
लामिछानेले भने, ‘स्वास्थ्य परीक्षणका लागि आएका क्षयरोगका बिरामीको उच्च रक्तचाप वा अन्य कारणले शौचालयमै मृत्यु भएको हुनसक्छ । प्रहरीलाई बोलाएर शव बुझाएका छौँ । के कारणले मृत्यु भयो खोज्ने काम प्रहरीको हो ।’
अस्पतालमा स्वास्थ्य परीक्षणका लागि आएका अन्य बिरामीले आइतबार पनि आएका उक्त बिरामी आज पनि आएको र उसको साथमा पैसा पनि देखेको जानकारी दिएका छन् ।
महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाका अनुसार शव परीक्षणका लागि शिक्षण अस्पताल पठाइएको छ ।
मृतकको साथबाट कुनै पनि कागजपत्र नभेटिएको पहिचान हुन सकेको छैन ।
लेखकको बारेमा
रासस
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
प्रतिक्रिया 4