
८ असोज, काठमाडौं । मंगलबार सेयर बजारमा कुल ५ अर्ब ६८ करोड रुपैयाँको कारोबार भयो । यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको हिस्सा ३६ प्रतिशत हो । यस दिन टप १० ब्रोकर कम्पनीमार्फत कुल २ अर्ब ५५ लाखको धितोपत्र खरिद हुँदा २ अर्ब १२ करोड ८२ लाख रुपैयाँको बिक्री भएको छ ।
टप १० ब्रोकर कम्पनीमध्ये तीनमार्फत खरिद धेरै भएको छ भने सातमार्फत बिक्री धेरै छ । नासा, सुमेरु र डायनामिकमार्फत खरिद धेरै भएको छ । त्यस्तै सनी, आर्यतारा, भिजन, अनलाइन, इम्पेरियल, ओपल र श्रीहरि सेक्युरिटिजमार्फत बिक्री धेरै भएको छ ।
टप १० ब्रोकर कम्पनीमार्फत धेरै कारोबार भएका कम्पनीमा सानिमा माइ हाइड्रोपावर, अरुणभ्याली हाइड्रोपावर, शिवम् सिमेन्ट, अपी पावर, हिमालयन रिइन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स लगायत कम्पनी अगाडि रहे ।
टप १० ब्रोकर कम्पनीको किनबेच
कम्पनी | खरिद रकम (अर्बमा) | बिक्री रकम (अर्बमा) |
नासा सेक्युरिटिज | ५३.१० | ४५.९० |
सनी सेक्युरिटिज | १९.४४ | २७.८४ |
आर्यतारा इन्भेस्टमेन्ट | २०.३० | २१.२२ |
भिजन सेक्युरिटिज | १८.९२ | २१.३० |
अनलाइन सेक्युरिटिज | १७.५२ | १९.४८ |
इम्पेरियल सेक्युरिटिज | १६.९० | १९.६७ |
ओपल सेक्युरिटिज | ११.६४ | १७.८६ |
सुमेरु सेक्युरिटिज | १५.२७ | १२.८३ |
डायनामिक | १५.३५ | १२.०८ |
श्रीहरि सेक्युरिटिज | १२.११ | १४.६४ |
प्रतिक्रिया 4