उत्सव थपलियाको निर्देशनमा तयार भएको चलचित्र ‘तुइन’को टिजर रिलिज गरिएको छ । धादिङ तथा गोरखा जिल्लाका बासिन्दाले अहिलेको समयमा पनि झेलिरहेको तुइन समस्यालाई चलचित्रले उठान गरेको छ । सार्वजनिक टिजरमा एक वृद्ध व्यक्तिको तुइन प्रयोगमा देखिएको पीडालाई देखाइएको छ ।
चलचित्रका लेखक मोहल गेलाले मान्छेहरुको सपनालाई तुइनको डोरीसँग जोडेर चलचित्रको कथा लेखिएको बताए । केहि बर्ष पहिले स्कुल पढ्न जाँदा त्रिशुली नदिमा तुइन चुडिएर धेरै बालबालिकाले ज्यान गुमाउन पुग्दा समेत बाँच्न सफल किशोर सुरेश थापालाई प्रमुख पात्र बनाएर चलचित्र तयार गरिएको निर्देशक थपलियाको भनाई छ ।
चलचित्रमा पृषा श्रेष्ठ, परिच्छित विक्रम राणा, विशाल डोटेल लगायतको मुख्य भूमिका छ । अमेरिकामा बस्दै आएकी श्रृजना उप्रेतीले यसमा लगानी गरेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4