+
+

तनहुँमा ट्रिपर र मोटरसाइकल ठोक्किँदा २ को मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज ७ गते १८:२९

Accident७ असोज, दमौली । तनहुँको जामुनेमा शुक्रबार ट्रिपर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

जामुनेमा ७ धयरेमा ग ५ प ८७४३ नम्बरको मोटरसाइकल ग १ ख २७०९ नम्बरको ट्रिपर ठोक्किएका थिए ।

दुर्घटनामा मृत्यु हुनेहरुमा मोटरसाइकलमा सवार तनहुँको मनपाङ घर भएका वर्ष ३३ का ढालबहादुर शाही र मनपाङ १ बस्ने कुइरे भन्ने एक व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

प्रहरीले ट्रिपर चालक शुक्लागण्डकी नगरपालिका-३ दुलगौडा बस्ने वर्ष २७ को विकास गुरुङलाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?