+
+

पक्की घरमा बस्ने बनकरियाको सपना अधुरै

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज ११ गते ६:०८

११ असोज, काठमाडौं । बाँसले बारेर खरले छाएको झुप्रोमा श्याम बनकरिया दिउँसो छोरो सुताउँदै थिए । उनकी श्रीमती पार्वती खाना पकाउँदै थिइन् ।

अकाश धमिलो हुदै गयो । दुई वर्षअघि खरले छाएको छानोले वर्षाको पानी थेग्न छाडेको रहेछ ।

Baglung-Garibदुई वर्षीय छोरालाई झोलुंगोमा सुताउँदै गरेका श्यामले भने ‘आफै घर बनाउँ पैसा छैन, सरकारले घर बनाइदिने भनेको उखानजस्तो भयो ।’

हेटौंडा हाँडीखोला १ ट्याङग्रास्थित धापमा बसोबास गर्दैै आएका केहीले स्थानीय साना किसान सहकारीमा ऋण लिएर घर बनाएका छन् । तर धेरैको अवस्था अहिले पनि श्यामको जस्तै रहेको आजको अन्नपूर्णमा समाचार छ ।

२०७१ असार दोस्रो साता सहरी विकास मन्त्रालयले जनता आवास कार्यक्रम अन्तर्गत बनकरिया समुदायलाई घर निर्माणका लागि प्रतिघर दुई लाख चार हजार रुस्पैयाँ छुट्याएको थियो । उक्त सयमयमा १४ घर बनकरिया परिवार रहेकोमा हाल परिवार संख्या बढेर २० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?