 
																			६ असोज, बुटवल । नेपाल इन्जिनियर्स एशोसिएसन लुम्बिनीले बाँकेको कोहलपुर नगरपालिकालाई इन्जिनियरको पदपूर्ति नगर्न माग गरेको छ ।
लुम्बिनी प्रदेश सभाबाट स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धी कानुन बनिसकेको अवस्थामा स्थानीय तहले करारमा इन्जिनियर पदपूर्ति गर्न नहुने एशोसिएसनको भनाइ छ ।
कोहलपुर नगरपालिकाले १७ भदौमा नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, छैटौं तह, इन्जिनियर पदमा एक जना करार सेवाबाट पदपूर्ति गर्न विज्ञापन गरेको थियो ।
विधेयकमा सातौं तहबाट मात्र इन्जिनियरको सेवा प्रवेश हुने व्यवस्था भएकाले विधेयक प्रमाणीकरणको प्रक्रियामा रहेका बेला विधेयकसंग बाझिने गरी छैटौं तहमा पदपूर्ति गर्न खोज्नु बेठीक भएको एशोसिएसनका प्रदेश सभापति महेश्वर लम्सालले बताए ।
‘छैटौं तहमा पदपूर्ति एशोसिएसनलाई स्वीकार्य छैन, यो तत्काल स्थगित गरी विधेयक प्रमाणित भएपछि सातौं तहमा पदपूर्ति गरिनुपर्छ’, लम्सालले भने, ‘विधेयकमा सातौं तहमा विज्ञापन गर्ने स्पष्ट प्रावधानलाई स्थानीय तहहरुले नजरअन्दाज गर्न मिल्दैन ।’
छैटौं तहबाट सेवा प्रवेश गराउँदा इन्जिनियरमाथि अन्याय हुने एशोसिएसनको भनाइ छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4