+
+

अरुण नदीमा पुल नहुँदा स्कुले बालबालिका घण्टौं हिड्न बाध्य

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक ५ गते १५:०३

student

५ कात्तिक, भोजपुर । संखुवासभा १३ तुम्लिङ्टारमा अवस्थित मनकामना उच्चमाविको कक्षा दुईमा अध्ययन गर्ने एलिसा कार्की भोजपुरको उत्तरी गाविस देउरालीबाट बिहान ७ बजे अध्ययनका लागि निस्कन्छिन् ।

टिफिन बट्टामा खाना र खाजा सहित आˆनो वजन बराबरको झोला बोकेर ३ घण्टाको पैदल बाटो हुदै जोखिमयुक्त डुङ्गाको प्रयोगले विद्यालय पुग्छिन् । उनी त त्यस क्षेत्रकी एक प्रतिनिधि पात्र मात्रै हुन् । उनीभन्दा साना साना बालबालिका पनि यसैगरि दिनहुँ घण्टौ लगाएर तुम्लिङ्टार पुग्ने गर्दछन् ।

गत बर्ष जारी भएको नेपालको संविधानले शिक्षालाई मौलिक हकको रुपमा ब्याख्या गरेको छ । बिद्यालय शान्ति क्षेत्र भनेर सरकारले त्यसअघिनै घोषणा गरिसकेको छ । भविश्यका कर्णधार मानिने बिद्यार्थीलाई डर र त्रासबिना बिद्यालयमा पठनपाठनको व्यवस्था गर्नुपर्छ, जसले उनीहरुको शिक्षण सिकाइमा सहयोग गरोस् ।

तर भौगोलिक बिकटताले नेपालका बिद्यालय यस्ता पनि छन् जहाँ अध्ययनका लागि बिद्यार्थीहरु ठूलो युद्ध जितेजसरी पुग्नुपर्छ । भोजपुरको उत्तरी देउराली र षडानन्द नगरपालीकाका स्कुले बिद्यार्थीहरु ५०० मिटर दूरीमा रहेको बिद्यालय पुग्न दैनिक सकस ब्यहोरिरहेका छन् ।

घर र बिद्यालयको बीचमा पर्ने अरुण नदी उनीहरुको पठनपाठनमै बाधक बनेको छ । नदीमा पुल नहुँदा बिद्यार्थीलाई बिद्यालय पुग्न घण्टौं पैदल हिँडेर डुंगाको जोखिमपूर्ण यात्रा गरी बिद्यालय पुग्नुपर्ने बाध्यता छ ।

arun-nadi-dunga

भोजपुरको उत्तरी देउराली गाविसको तुर्के, अर्चले, षडानन्द नगरपालिकाको बट्टार, मथेटार, कुमालगाँउ, भोटेगाउँ, लम्छुवा लगायतका बालबालिकाको नजिकको विद्यालय भनेको तीन घण्टाको दुरीमा पर्ने संखुवासभाको तुम्लिङ्टार नै हो ।

कार्की उमेरले ७ बर्षकी भइन् । उनले आफु सधैं घरबाट ७ बजे विद्यालयका लागी हिड्ने गरेको बताइन् । उनले भनिन् ‘हिउँदमा अरुण नदीमा नाउ लाग्छ ८ बजे हिड्छौ तर बर्खायाममा नाउ लाग्न नसक्ने हुदाँ विद्यालय समयमा पुग्न सकिदैन त्यसैले ७ बजे हिड्छौं ।’ उनले थपिन ‘अरुण नदीमा पुल नहुदा जहिल्यै डुङ्गाको भरमा हिड्नु पर्छ, जोखिमपूर्ण यात्रालले पढेको सबै बिर्सिन्छु अनि विद्यालय पुग्दा सरहरुको पिटाइ खाइन्छ ।’

विद्यार्थीले आफ्नो अधिकांस समय पठन पाठनमा विताउने हो । तर भोजपुरको उत्तरी देउराली र षडानन्द नगरपालीकाका स्कुले बालबालिकाका लागी कहिल्यै पढ्ने समय मिलेन । बिद्यालय जान र आउनमात्रै बिद्यार्थीले ६ घण्टाको समय खर्चनुपरछ ।

student-1

षडानन्द नगरपालीका ४ बट्टारका बिकास लम्साल पनि तुम्लिङ्टारमा रहेको गोल्डेन स्टार इङ्लिस स्कुलमा अध्ययन गर्छन । उनी भन्छन्, ‘विद्यालय पुग्न धेरै घुम्नुपर्ने हुदाँ पढ्ने समय छैन । विद्यालयमा सरले जति पढाउनु हुन्छ त्यसकै भरमा चलिरहेका छौं ।’

यातायातका साधन चलेका छन् तर अरुण नदीमा पुल छैन् । बन्दै गरेको पुल पनि अलपत्र भएपछि विद्यार्थीका लागि समस्या परेको स्थानीय बुद्धिजिबि चक्र बस्नेत बताउँछन् ।

उनले पुल तत्काल बनेमा विद्यालय पुग्न मात्र ३० मिनेट लाग्ने बताए । डुङ्गाको यात्रा असाध्यै जोखिम भएको भन्दै स्थानीयले बेवारिसे बनेको पुल तत्काल निर्माण गरी संखुवासभा र भोजपुराका जनताको आवतजावत सहज पार्न सम्बन्धित निकायमा आग्रह गरेका छन् ।

अर्जुन अधिकारीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?