काठमाडौं । बिनिता बराल अभिनित चलचित्र ‘उमंग’ आगामी कात्तिक १२ गतेबाट प्रदर्शन हुने भएको छ ।
नृत्य निर्देशक शिव शर्माको डेब्यु निर्देशन रहेको ‘उमंग’ केहि दिन अघि अष्ट्रेलियाको सिडनीमा प्रदर्शन गरिएको थियो । शिबको भनाई अनुसार उमंग एउटा पृथक चलचित्र हो । यसमा बैदेशिक रोजगारीमा जानेको पीडा समेटिएको छ ।
विगत दुई दशकदेखि चलचित्रमा नृत्य निर्देशन गर्दै आएका शिवले चलचित्र क्षेत्रमा बटुलेको अनुभवले निर्देशन गर्ने हिम्मत गरेको बताए । चलचित्रले मनमा उमंग बोकेर परदेशीन बाध्य भएका परदेशीको कथा वाचन गरेकोे बताइएको छ ।
कुमार जिसीको लगानीमा बनेको चलचित्रमा विनितासँगै नव नायक तथा निर्माता कुमार जिसी सीपी पौडेल, रामबाबू रेग्मी, शिला श्रेष्ठ, रुपेश सुवेदी, राम थापा, उमेश कुमार केसीलगायतका कलाकारको अभिनय रहेको छ ।
८० प्रतिशत छायाँकन दुवई र २० प्रतिशत नेपालको गुल्मी बागलुङ र काठमाडौंमा गरिएको छ । अर्जुन पोख्रेल र बिबि अनुरागीको संगीत, कुमार महर्जनको द्वन्द्व, रबिन्द्र बरालको छायाँकन रहेको छ ।
प्रतिक्रिया 4