 
																			काठमाडौं । किरण नेपालीले फिल्म ‘कल्ली’ निर्माण गर्ने भएका छन् । निर्माताले विज्ञप्ति जारी गर्दै शीर्ष कलाकारको लाइनअपसहित फिल्मको घोषणा गरेका छन् ।
फिल्मको मुख्य कलाकारमा सौगात मल्ल, अर्पण थापा, बुद्धि तामाङ, कमलमणि नेपाल अनुबन्धित भएका छन् । लक्ष्मण सुनारको लेखन तथा निर्देशन रहने यो फिल्मको छायांकन तिहारपछि सुरु हुने जनाइएको छ ।
चैतको २९ गते फिल्मको प्रदर्शन तय गरिएको जनाइएको छ । पौराणिक कथावस्तुमा फिल्म निर्माण हुन लागेको जनाइएको छ । फिल्मको छायांकन कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानमा गर्ने तयारी भइरहेको निर्देशक सुनारले जानकारी दिए ।
रेड बर्ड प्रोडक्सन र कस्तुरी प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ । कथानक फिल्म ‘बुलाकी’ निर्देशन गरेपछि सुनार यतिबेला चर्चामा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4