News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता अर्पण थापाले ७० लाख मूल्य पर्ने ‘आयन भी’ विद्युतीय गाडी थापाथलीस्थित जीएसी मोटरको आउटलेटबाट किनेका छन्।
- थापाले छायांकनको लागि किफायती र वातावरण संरक्षणमा फाइदा पुग्ने भन्दै ईभी गाडी लिएको अनलाइनखबरलाई बताए।
- ‘आयन भी’ गाडीमा ६५० किलोमिटर रेन्ज र ७५.२६ किलोवाट–आवर क्षमताको ब्याट्री छ भने थापाले अहिलेसम्म ४० फिल्ममा अभिनय गरिसकेका छन्।
काठमाडौं । अभिनेता अर्पण थापाले ७० लाख मूल्य पर्ने ‘आयन भी’ विद्युतीय गाडी किनेका छन् । जीएसी मोटर नेपालको थापाथलीस्थित आउटलेटबाट उनले गाडी किनेका हुन् ।
छायांकनको लागि विभिन्न ठाउँमा जान, खर्चको हिसाबले किफायती र वातावरण संरक्षणमा पनि फाइदा पुग्ने भएकाले आफूले ईभी गाडी लिएको अर्पणले अनलाइखबरलाई बताए ।
८-पोइन्ट मसाज सिट, इनबिल्ट रेफ्रिजिरेटर र वार्मरजस्ता सुविधा रहेको या गाडीले यात्रालाई आरामदायी र विशेष बनाउने कम्पनीको दाबी छ ।

यो मोडलको गाडीमा ६५० किलोमिटरसम्मको रेन्ज र ७५.२६ किलोवाट–आवर क्षमताको ब्याट्री क्षमता छ ।
‘ब्याच नम्बर १६’ बाट फिल्म करिअर थालेका थापाले अहिलेसम्म ४० फिल्ममा अभिनय गरेका छन् । ‘द ब्लू लाइट’ प्रदर्शन तयारीमा रहेको फिल्म हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4