जंगलमा ब्वाँसोले अचाक्ली गर्यो । वन्यजन्तुका पाठापाठी खाएर बस्नै नसक्ने बनायो ।
मृग, जरायो, खरायो आदि शाकाहारी जनावर बसेर छलफल गरे । ब्वाँसोको विरुद्धमा वनका राजा सिंह कहाँ उजुरी गर्ने सहमति भयो ।
‘प्रभु, ब्वाँसोले हैरान पार्यो । हाम्रो त वंशै नाश हुने भयो, यसलाई कारबाही गर्नुपर्यो !’ सबैले एकै स्वरमा बिन्ती बिसाए ।
‘ए ! त्यसको त्यत्रो हिम्मत ? पख, त्यसलाई ठेगान लगाउँछु !’
सिंहको कुरा सुनेर जनावरहरु खुसी भए । आपसमा कुरा गरे, ‘राजा भनेका राजै हुन् ।’
त्यसपछि सिंह डुक्रियो, ‘त्यो दुष्ट ब्वाँसोलाई तुरुन्त हाजिर गराउनू ।’
टाँगमुनि पुच्छर लुकाउँदै ब्वाँसो हाजिर भयो ।
सिंह रिसले आगो भएको थियो । उसले ब्वाँसोलाई नजिकै बोलायो‚ अनि कान नजिकै मुख जोडेर खुसुक्क भन्यो, ‘मृग र जरायोको मासु तँ एक्लै खाने ? मेरो भाग खै ?’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4