११ कात्तिक, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले शुक्रबार अपरान्ह जलपान कार्यक्रम आयोजना गर्ने भएका छन् ।
तिहार, छठ तथा नेपाल संवत् ११३७ को अवसरमा शुक्रबार उपराष्ट्रपति कार्यालय परिसर बहादुर भवनमा भेटघाट तथा जलपान कार्यक्रम आयोजना गर्न लागिएको हो ।
जलपान कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्री, सांसद, राजनीतिक दलका नेता, कुटनीतिक नियोगका प्रतिनिधि, नेपाल सरकारका उच्च पदस्थ कर्मचारी, उद्योगी व्यवसायी, पत्रकारलगायतलाई निमन्त्रणा गरिएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।
जलपान समारोह शुक्रबार अपरान्ह २ बजदेखि बहादुरभवन, कान्तिपथस्थित उपराष्ट्रपतिको कार्यालय परिसरमा सुरु हुने छ ।
तिहार, छठ तथा नेपाल संवत्को अवसरमा प्रत्येक वर्ष उपराष्ट्रपतिले भेटघाट तथा जलपान समारोहको आयोजना गर्ने परम्परा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4