
६ असोज, काठमाडौं । आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइमध्ये एक हो, मुगु जिल्ला । मुख्यगरी मुगुमा रारा तालको अवलोकनका लागि पर्यटक पुग्ने गर्छन् ।
रारा ताल रहेको त्यही मुगु जिल्ला झल्कने गरी काठमाडौंमा तस्वीर, भिडियोका साथै कर्णालीमा उत्पादित सामग्रीहरू प्रदर्शन भइरहेको छ ।
नयाँ बानेश्वरको उमोजा क्याफेमा सुरु भएको प्रदर्शन सोमबारसम्म चल्नेछ ।
शब्द दृश्य ,चित्र र उत्पादनका माध्यमबाट संघीय राजधानीलाई कर्णाली चिनाउन सुरु भएको ‘कनेक्टिङ कर्णाली’ अभियान अन्तगर्त मुगु जिल्लाको प्रर्दशनी सुरु गरीएको हो ।
प्रदर्शनीमा पर्यटकको प्रमुख रोजाइमा रहेको रारा तालको सबै मौसमका तस्वीरहरू राखिएको आयोजक मनघरी फाउण्डेशनका भरतबन्धु थापाले जानकारी दिए ।
यसका साथै प्रर्दशनीमा मुगु जिल्लामा अवस्थित धार्मिक, पुरातात्विक, प्राकृतिक सुन्दरतासहित मुगु जिल्ला झल्कने गरी २५ वटा तस्वीर पनि छन् । मुगु र कर्णाली झल्कने भिडियो पनि प्रर्दशन गरिएको छ ।








प्रतिक्रिया 4