+

टोटनहृयाम हार्‍यो, लिसेस्टर बराबरीमा रोकियो

२०७३ कात्तिक  १८ गते ७:०७ २०७३ कात्तिक १८ गते ७:०७
टोटनहृयाम हार्‍यो, लिसेस्टर बराबरीमा रोकियो

tottenhams-dele१८ कात्तिक, काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब टोटनहृयामले हार व्यहारेको छ भने लिसेस्टर बराबरीमा रोकिएको छ ।

बुधबार राति भएको खेलमा टोटनहृयामले बार्यन लिभरकुसनसँग १-० गोल अन्तरको हार व्यहोरेको छ । खेलको ६५ औं मिनेटमा केभिन काम्पलले गरेको गोल नै लिभरकुसनको जितमा निर्णायक बन्यो ।

यो हारले टोटनहृयामको नकआउट चरण पुग्ने सपनामा धक्का लागेको छ । समूह ईमा रहेको टोटनहृयाम ४ अंकसहित तेस्रो स्थानमा छ । मोनाको ८ अंकसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा उक्लिएको बार्यन लिभरकुसनको ६ अंक छ । र, समूह चरणको २ खेल बाँकी छ ।

अर्को खेलमा प्रिमियर लिग च्याम्पियन लिसेस्टर सिटी एफसी कोपनहेगनसँग गोलरहित बराबरीमा रोकिएको छ । यो बराबरीसँगै लिसेस्टरले नकआउट चरणमा स्थान बनाउन थप खेल कुर्नु पर्ने भएको छ ।

यसअघि लगातार तीन खेल जितेको लिसेस्टर १० अंकसहित समूह जीको शीर्ष स्थानमा छ भने दोस्रो स्थानको पोर्टोको ७ र तेस्रो स्थानमा रहेको एफसी कोपनहेगनको ५ अंक छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय