२० कात्तिक, काठमाडौं । भक्तपुरकेा बोडेमा एक महिलाको शव भेटिएको छ । प्यास्टिकको बोरामा प्याक गरेर फालिएको अवस्थामा शव भेटिएको हो ।
भक्तपुर प्रहरीका अनुसार मृतकको पहिचान पनि हुन सकेको छैन । बोडेस्थित रिशर्व पेट्रोल पम्पबाट मुलपानीतर्फ गुम्बोटोल हरियाली बस्ने जाने आरोलो बाटो नजिकको झाङ्गमा प्यास्टिकको बोरामा प्याक गरेर फालिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।
मृतक महिलाको टोउकामो चोट लागेको छ । रातो सुइटर र खैरो पाइन्ट लगाएकी मंगोलियन जस्तो देखिने उनी करिव २५/२६ वर्षको भएको प्रहरीको अनुमान छ ।
घटनाबारे अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4