+
+

‘सत्यवती धार्मिक मेला’ सुरु, चिच्याएर वर माग्नुहोला !

रासस रासस
२०७३ कात्तिक २८ गते १६:२७
satyawati-tal
सत्यवती ताल । तस्वीर: निर्जल श्रेष्ठ

२८ कात्तिक, पाल्पा पाल्पाको कोलडाँडा गाविसको सत्यवती मन्दिरमासत्यवती धार्मिक मेलासुरु भएको पहाडको हराभरावनभित्र फैलिएको सुन्दर सत्यवती तालभित्र रहेको सो मन्दिरमा प्रत्येक कात्तिक पूर्णिमाका दिन विशेष मेला लाग्ने गर्दछ

सत्यवती देवीले कानले नसुन्ने भएकाले वर माग्दा चिच्याएर एउटा मात्र माग्नुपर्ने जनविश्वास रातको समयमा मन्दिरमा पूजा सकेरताल परिक्रमा गर्दा चिच्याउँदै वर माग्ने चलन अझै पनि रहेको स्थानीयवासीको भनाइ

शनिबारदेखि सुरु भएको धार्मिक मेलामा आजसम्म दशहजारभन्दा बढी भक्तजनले मन्दिरमा दर्शन गरेको अनुमान गरिएको मन्दिरमाभाकल गरेमा मनोकांक्षा पूरा हुने विश्वासले मानिसहरु भाकल चढाउन भारतदेखि आउने गरेको मन्दिरका अध्यक्ष सुनवीर गाहाले बताए ।

मङ्गलबारसम्म सञ्चालन हुने धार्मिक मेलामा पाल्पा, गुल्मी, रुपन्देही तथा नेपालका सीमाक्षेत्र गोरखपुर, सुनौली, विहारलगायतकास्थानबाट समेत भक्तजन आउने गर्दछन् तालभित्र मन्दिर रहेकाले भक्तजन उत्साहका साथ त्यहाँ पुग्ने गर्दछन् 

बोका, परेवा लगायतका पशु तथा पंक्षीको भाकलसहित पूजा गर्न आज पनि निकै भीड लागेको भिड बढेपछि मेला व्यवस्थापनसमितिले आठजना पुजारी   स्वयम्सेवकको परिचालन गरेको

सत्यवती मन्दिरमा जान पाल्पा बुटबल सडकको झुस्सा चौवीसमाइल भन्ने स्थानबाट पैदल दुई घन्टा यात्रापछि पुग्न सकिने स्थानीयबासिन्दा ध्रुव पँगेनी बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?