२९ कात्तिक, काठमाडौं । महानिरिक्षकसहितका बरिष्ठ अधिकारीहरुको बिदेश भ्रमणमा पनि सशस्त्र प्रहरीको कल्याणकारी कोषको अनधिकृत भएको पाइएको छ ।
कल्याणकारी कोष मूलतः भूतपूर्व, अशक्त र कार्यक्षेत्रमा रहँदा निधन भएकाहरुको आश्रति परिवारको हितमा खर्च गर्ने उद्देश्यले स्थापना भएको हो ।
सशस्त्र प्रहरी महानिरिक्षक दुर्जकुमार राई पछिल्लो समय इटली, अमेरिका तथा इन्टरपोलको बैठकमा सहभागी हुन जाँदा कल्याणकारी कोषको रकम प्रयोग गरेको स्रोतले बताएको छ ।
कोषको बैठक नै नगरी लिइएको यस रकमलाई बैधानिकता दिन कोषको बैठक बोलाउन लागिएको छ । महानिरिक्षकसहित अन्य बरिष्ठ अधिकारीले पनि अनधिकृत रुपमा कल्याणकारी कोषबाट रकम झिकेको बताइएको छ ।
रकम दुरुपयोगको आरोप लागेपछि महानिरिक्षक राईले भने त्यसलाई पेस्की रकम रहेको स्पष्टोक्ति दिएका छन् ।
सरकारलाई भार नपर्ने गरी महानिरिक्षक राई लगायत भ्रमणदलको खर्च आयोजकले नै ब्यहोर्ने भनेपछि गृहमन्त्रालयले उनीहरुलाई भ्रमणको अनुमति दिएको आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
प्रतिक्रिया 4