+

उपाधि विजेता नेपाली टोलीलाई नगर परिक्रमा गराइने

२०७३ मंसिर  १ गते १५:५२ २०७३ मंसिर १ गते १५:५२
उपाधि विजेता नेपाली टोलीलाई नगर परिक्रमा गराइने

champions-nepal-1

१ मंसिर, काठमाडौं । एएफसी सोलिडारिटी कपको उपाधि जितेर नेपाली फुटबललाई ऐतिहासिक उपलब्धि दिलाएका नेपाली राष्ट्रिय फुटबल टोलीलाई नगर परिक्रमा गराइने भएको छ ।

उपाधि जितेर नेपाली टोली आज राति स्वदेश फर्कँदैछ । नेपाली टोली मिलान्दो एयरको जहाजबाट आज राति साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा अवतरण हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

एयरपोर्टबाट निस्किएलगत्तै नेपाली टोलीलाई विजय र्‍यालीमा सहभागी गराइनेछ । एयरपोर्टबाट गौशाला-बत्तिसपुतली-मैतिदेवी-पुतलीसडक-घण्टाघर-शहिदगेट-त्रिपुरेश्वर-थापाथली-पुल्चोक-मंगलबजार-ग्वार्को हुँदै एन्फा मुख्यालय सातदोवाटोमा पुगेर सम्पन्न हुनेछ ।

हिजो सम्पन्न फाइनलमा मकाउलाई १-० ले हराउँदै नेपाली टोलीले एएफसी सोलिडारिटी कपको उपाधि हासिल गरेको हो । ३५ बर्षभन्दा लामो समयदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको नेपाली टोलीले जितेको यो सबैभन्दा ठूलो प्रतियोगिता हो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय