२६ मंसिर, काठमाडौं । मिर्गौला प्रत्यारोपणपछि भारतीय विदेश मन्त्री सुस्मा स्वराजको अवस्थामा सुधार आएको उपचारमा संग्लग्न चिकित्सकहरुले जानकारी दिएका छन् ।
बिदेशमन्त्री स्वराजको शनिवार भारतको दिल्लीस्थित एम्स अस्पतालमा मिर्गौलाको प्रत्यारोपण गरिएको थियो । उनलाई भारतका ४० वर्षीय समाजसेवीले मिर्गौला दान गरेका थिए ।
एम्स अस्पतालका निर्देशक डा. एमसी मिश्राका अनुसार आवश्यक शल्याक्रिया पश्चात मिर्गौला दान गर्ने र लिने दुवैको अवस्थामा सुधार आएको छ । ‘थप उपचारको लागि उनीहरु दुवैलाई आइसीयु -सघन उपचार कक्ष)मा राखिएको छ’, चिकित्सकले भने । चिकित्सकहरुका अनुसार उनलाई दुई/तीन सातापछि अस्पतालबाट डिस्चार्ज गरिनेछ ।
स्रोतका अनुसार मन्त्री स्वराजको शरीरमा मिर्गौला प्रत्यारोपण गर्ने काम शनिवार विहान नौ बजेदेखि सुरु गरिएको थियो । मिर्गौला पत्यारोपण गर्न करीव नब्बे मिनेट समय लागेको थियो ।
पोष्टग्रेजुएट इन्टिच्युट अफ मेडिकल एजुकेशन एण्ड रिसर्चस्थित रेनल ट्रान्सप्लान्ट सर्जरीका पूर्व प्रमुख समेत रहेका डा. मुकुट मिञ्ज तथा एम्स अस्पतालका डा. भीके वंसल नेतृत्वको चिकित्सकको टोलीले उनको मिर्गौला प्रत्यारोपण गरेका थिए ।
बिदेशमन्त्री स्वराजले गत अक्टोबरमा ट्वीटरमार्फत आफूलाई समस्या भएको र आफू डायलोसिसका लागि एम्स अस्पतालमा रहेको सार्वजनिक गरेकी थिइन् ।
प्रतिक्रिया 4