Comments Add Comment

कठ्याङ्ग्रिएर वृद्धाको मृत्यु

२७ मंसिर, महोत्तरी । अत्याधिक रुपमा बढेको शीतलहर एवम् हुस्सुको कारण जाडोले कठ्याङ्ग्रिएर महोत्तरीको गौशालामा एक जना वृद्धाको मृत्यु भएको छ ।

man-found-dead-at-late-congress-ministerगएराति गौशाला नगरपालिका–५ का ६५ वर्षीया वृद्धा शलवदेवी सदाको कठ्याङ्ग्रिएर मृत्यु भएको हो ।

क्रमिक रुपमा बढ्दै गएको चिसोपनको समयमा न्यानो कपडाको अभावमा राति सुतेको सदा आज बिहान मृत अवस्थामा ओछ्यानमा भेटिएको स्थानीय लालु सदाले बताए ।

चार जना छोरी मात्र रहेको सदाको श्रीमान्को मृत्यु भएपछि उनी एक्लै घरमा बस्दै आएको सदाले जानकारी दिए ।

बाक्लो हुस्सु एवम् शीतलहरको समयमा सम्बन्धित निकायले दाउराको व्यवस्था नगरेपछि गौशालामा रहेको दलित समुदायमा बसोबास गर्ने बासिन्दा नराम्ररी प्रभावित भएका छन् ।

केही समययतादेखि चिसोपनको कारण जनजीवन प्रभावित भएको समयमा स्थानीयले समयमै दाउराको व्यवस्थाको माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment