+
+
Shares

आम्दाका नर्स आन्दोलित, आकस्मिक बाहेकका सेवा ठप्प

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २७ गते १८:५४

२७ चैत, बुटवल । ड्युटीमा खटिएका कर्मचारीलाई बिरामीका आफन्तले हातपात गरेको भन्दै आम्दा अस्पताल बुटवलमा कार्यरत नर्स तथा कर्मचारीहरुले आन्दोलन थालेका छन् ।

नर्सहरुले आकस्मिक बाहेकका अन्य सेवा बन्द गर्ने, ज्यानै मार्ने नियतले हातपालको क्षतिपूर्तिसहित कारबाही गर्नु पर्ने, यस्ता घटना घटदा अस्पताल प्रशासनले डाक्टर नर्स तथा अन्य सहयोगीको राय सुझाब लिनु पर्नेलगायतका माग अस्पताल प्रशासनसंग राखेका छन् ।

उनीहरुले अस्पतालमा डिउटी टाइममा बिरामीलाई औषधि उपचार गरिरहेका नर्सलाई हातपात गरेको भन्दै हातपात गर्नेलाई कारबाही गर्नु पर्ने भन्दै आकस्मिक बाहेकका सेवा बुधबार दिउँसो १ बजेबाट पूर्ण रुपमा बन्द गरेको नर्स एसोसिएसनका ज्ञानु केसीले बताइन् ।

उनले अन्तिम अवस्थामा बाहिरका मेडिकलहरुले आश मारेको बिरामीलाई अस्पतालमा भर्ना गरेर अभिवावकले नर्सलाई हातपात गरेको बताइन् ।

बिगत २ वर्षदेखि अस्पतालमा कार्यरत नर्सलाई मनोवैज्ञानिक असर परेको र उनी त्रसित भएर बिरामी परेको उनको दाबि छ ।

बुटवलका नारायण दर्लामीका १० महिनाका छोरा ओम दर्लामीको सोमबार साँझ आम्दा अस्पतालमा मुत्यु भएको थियो ।

बच्चाको अवस्था गम्भीर रहेको र डाक्टरले उपचार गर्नु पर्नेमा नर्सले बच्चालाई औषधि तथा बाफ लगाइ दिएको भन्दै औषधि गरिरहेकी नर्सलाई बच्चाकी आमाले हातपात गरेको अस्पतालका कर्मचारीहरुले आरोप लगाएका छन् । यता अस्पताल प्रशासनसँग ३ बुँदेसहमति भएपछि शिशुका आफन्तले शव बुझेका छन् ।

अस्पताल प्रशासनले पिडित नारायण दर्लामीका दुई छोरीहरुको कक्षा १० सम्मको मासिक शैक्षिक सुल्क बेहोर्ने,उनीहरुलाई आगामी दिनमा उपचार गर्दा आम्दा अस्पतालमा उपलब्ध सेवामा निःशुल्क उपचार गर्ने र भविष्यमा अस्पतालमा कर्मचारी आवश्यक पर्दा उनीहरुको योग्यता अनुसार बिशेष प्राथमिकतामा राख्ने सहमतिपछि आफन्तले शव मंङगलबार मात्र बुझेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?