+
+

जब कुस्ती हेर्न करिश्मा रुपन्देही पुगिन्

सलमान खान, भैरहवा सलमान खान, भैरहवा
२०७३ मंसिर २९ गते १६:४९

karisma-watching-kusti

रुपन्देहीमा चलिरहेको अन्तरराष्ट्रिय विराट कुस्ती प्रतियोगिता हेर्न नायिका करिश्मा मानन्धर पनि पुगेकी छिन् । जिल्लाको पुर्वी धकधई क्षेत्रमा बजरंग समितीको अयोजनामा जारी रहेको कुस्ती प्रतियोगितामा नायिका करिश्मा पुगेकी हुन् । हजारौँ दर्शकका बिच नायिका करिश्मा पुगेपछि दर्शकहरु अचम्म परेका थिए ।

प्रतियोगिताको प्रमुख अतिथीको रुपमा रहेकी नायिका करिश्मा पुगेर भारतको दुई महिला पहलवान सिवानी र अन्जलीसँग हात मिलाएपछि कुस्ती प्रतियोगिता सुरु भएको थियो । विजेता सिवानी र पराजित अन्जली दुवै महिलालाई करिश्माले नगद पुरस्कार प्रदान गरेकी थिइन् । kusti-in-rupandehi
त्यस्तै अर्को खेलमा नेपाल नवलपरासीका बसन्त थापा र भारतका सन्नी यादवबिच भएको कुस्ती प्रतियोगितामा नेपालका बसन्त थापाले भारतका यादवलाई पछार्न सुरु गरेपछि करिश्माले पनि दर्शकसगँसगै तालीका साथ हुटिङ्ग समेत गरेकी थिइन् ।

विदेशमा रेसलिङ्ग खेलिन्छ र यता त्यस्तै कुस्ती खेलिन्छ, अनलाइनखबरसँग उनले भनिन्-‘यो हाम्रो लोपोन्मुख खेल हो, यसलाई हामीले जर्गेना गर्नुपर्छ ।’
उनले आफुलाई खेलमा क्रिकेट खेल मन पर्ने भएपनि कुस्ती खेल निकै रमाइलो लाग्ने गरेको पनि बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?