+
+

चर्किएको डेढ वर्षसम्म थाहा भएन, अपार्टमेन्ट सुरक्षित छ कि छैन ?

अपार्टमेन्ट व्यवसाय चौपट, त्रासमा बाँच्दैछन् स्थानीय

सुदिल पोखरेल सुदिल पोखरेल
२०७३ पुष ३ गते १५:३१

horizen-810

३ पुस, काठमाडौं । भूकम्प गएको डेढ वर्ष बित्दासम्म पनि केही अपार्टमेन्टहरुको पुननिर्माणका बारेमा अझै टुङ्गो लाग्न सकेको छैन । यस्तो अन्योलका कारण अपार्टमेन्ट व्यवसाय चौपट बनिरहेको छ । अर्पाटमेन्ट छेउछाउका बासिन्दाहरु अपार्टमेन्टले किच्ने हो कि भन्ने त्रासमा बाँच्नुपरिरहेको छ ।

भवन विभागका अनुसार धापासीमा रहेको पार्क भ्यू होराइजन र कुलेश्वरमा रहेको ओरियन्टल अपार्टमेन्ट पुरै भत्काउनुपर्छ वा रेट्रोफिट मात्रै गरे पुग्छ भन्ने अहिलेसम्म एकीन हुन सकेको छैन ।

भूकम्पको बेला चर्किएका कैयन अपार्टमेन्टहरुको पुननिर्माणपछि मानिसहरु बस्न सुरु गरिसकेको भएपनि यि दुई अपार्टमेन्टको भने अझै अध्ययन नै सकिएको छैन ।

भवन विभागको काठमाडौं डिभिजनले यि दुई अपार्टमेन्टलाई रातो स्टिकर टाँसिदिएको थियो ।

भवन विभाग काठमाडौं डिभिजनका सीडीई सागरकृष्ण जोशीले भने ‘यी दुई सिरियस केस हुन्, त्यसैले तत्काल निर्माण सुरु नभएको हो, रेट्रोफिट गर्ने वा भत्काउने अझै टुङ्गो लागेको छैन ।’

अहिले पार्क भ्यू होराइजनले विभागमा डिजाइन पेश गरेको छ । साथै कुलेश्वरको ओरियन्टल अपार्टमेन्टले पनि क्यापासिटी डिजाइन पेश गरेको छ । अब यसपछि प्यानलिष्ट मिटिङ बसेपछिमात्रै यो भत्काउने वा निर्माण गर्ने भन्ने टुङ्गो लाग्ने छ। रिभ्यू मिटिङले भने यो शुरक्षित छ वा छैन भन्ने टुङ्गो लगाउँछ ।

गलत रिपोर्ट देखाएर ढाकछोप गर्ने प्रयासका कारण ढिलार्इ

गत साउनमा गलत रिपोर्ट बुझाएको भन्दै काठमाडौं डिभिजनले पुन डिटेल ड्यामेज इभ्यालुएसन रिपोर्ट पेश गर्न निर्देशन दिएको थियो। क्षती ढाकछोप गर्दै डिटेल ड्यामेज इभ्यालुएसन रिपोर्ट बुझाएपछि विभागले पुनः रिपोर्ट पेश गर्न निर्देशन दिएको थियो ।

प्रविधिको अभावले गर्दा अपार्टमेन्टहरुले अहिलेसम्म भवनको क्र्याक भएका पर्खालहरु पनि भत्काउन नसकेको जोशी बताउँछन् ।

westar-apartment

अपार्टमेन्ट पुननिर्माणको काम समयमै पूरा हुन नसक्दा अपार्टमेन्टधनीहरु डेढ वर्षदेखि कोठा भाडा लिएर बस्न बाध्य भएका छन् । चर्किएको अपार्टमेन्टका कारण छिमेकीहरु पनि डरमुक्त हुन सकेका छैनन् ।

स्थानीयलाई नियमित तर्साउँछ पार्क भ्यू होराइजन

वरपर रहेका छिमेकीहरु अहिले पनि बेलाबेलामा आउने भूकम्पको पराकम्पनको समयमा त्रसित हुने गरेका छन् ।

पार्क भ्यू होराइजनको आसपासमा रहेका छिमेकीहरुलाई भूकम्पनको पराकम्पन आउनेवित्तिकै यही भवनले च्याप्छ कि भन्ने डर हुन्छ ।

स्थानीयबासी रमेश कुँवर भन्छन् ‘भत्काउने हो वा यसैलाई रेट्रोफीट गर्ने हो, हामीलाई केही थाहा छैन, अलिअलि छोपेर राखेको छ, पराकम्पन आयो कि अपार्टमेन्टले च्याप्ला भन्ने डर हुन्छ ।’

दोषी को ? निर्माण कम्पनी कि सरकारी कर्मचारी ?

भूकम्पका कारण पूरै चर्किएको पार्क भ्यूको निर्माणमा सरकार र निर्माण कम्पनी दुबै दोषी रहेको स्थानीय बताउँछन् ।

ग्राहकले आफैंले किन्न लागेको अपार्टमेन्ट सुरक्षित छ छैन भन्ने यकिन गर्न सक्दैनन् । राज्यको स्वीकृति लिएर बनाइएका अपार्टमेन्टमा राज्यले आˆनो अनुगमनको दायित्व पूरा गरेको छ र ती अपार्टमेन्ट सुरक्षित छन् भन्ने मानेर नै नागरिकहरूले उक्त अपार्टमेन्ट खरिद गर्ने हुन् । तर, राज्यलाई विश्वास गरेर किनेका पार्क भ्यू होराइजनका अपार्टमेन्ट धनीहरु भने राज्य र निर्माण कम्पनी दुबैबाट ठगिएका छन् ।

राज्यको अनुगमन फितलो हुँदा पार्क भ्यू होराइनका अपार्टमेन्ट धनी र स्थानीय जनता दुबै मारमा परेका छन् । पार्क भ्यू होराइजनका पर्खालहरु भत्केर च्याप्ने हो कि भन्ने भय अहिले पनि स्थानीयमा कायम नै छ ।

शंकामा निर्माण स्वीकृति

काठमाडौ उपत्यका नगर विकासले ०६४ साल वैशाख १६ गते दिएको प्लानिङ परमिटमा ११ तलासम्म निर्माण गर्ने उल्लेख गरिएको छ । त्यस्तै ०६४ साल पुस महिनाको २२ गते शहरी विकास तथा भवन निर्माण बिभागको डिभिजन कार्यालयले दिएको स्वीकृति पत्रमा भने दुई तला बेसमेन्ट बाहेक १२ तलाको अपार्टमेन्ट निर्माण गरी सञ्चालन गर्न सहमति दिइएको छ ।

तर, ०६८ साल वैशाख २६ गते शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय काठमाडौंका सुपरिटेण्डेण्ट इन्जिनियर शम्भु केसीले २ तला बेसमेन्ट बाहेक बढीमा १६ तलासम्म निर्माण गर्ने गरी स्वीकृति दिएका थिए ।

भूकम्पका कारण राजधानीका ११ वटा ठूला अपार्टमेन्टमा क्षति पुगेका थिए ।

यो पनि पढ्नुहोस्

भूकम्पपछि उपत्यकाका ११ अपार्टमेन्ट बस्न अयोग्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?