+
+

४० जना चर्चित कलाकार फेसन शोमा सहभागी हुने

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष ४ गते १७:५२

sanchita and sweta
पौष १४ गते काठमाण्डौको अन्नपूर्ण होटलमा ‘डी सेलिब्रेटी रन वे’को आयोजना हुने भएको छ । नेपाली चलचित्र क्षेत्रका विभिन्न ४० जना चर्चित अनुहारहरु यो रनवेमा देखिनेछन् । दरबारमार्गमा रहेको पाँचतारे होटलमा संभवत पहिलो पटक यति धेरै कलाकार देखिन लागेका हुन् ।

यो फेसन शोमा कलाकारहरु भूवन केसी, निखिल उप्रेती, कृष्ण मल्ल, दीपकराज गिरी र दीपाश्री निरौला, नाजिर हुसेन, श्रृष्टी श्रेष्ठ, सरोज खनाल, भूवन चन्द, चैत्यदेवी, बर्षा राउत, स्वेता खड्का, संचिता लुइटेल, अनुभव रेग्मी, ऋचा शर्मा, धिरेन शाक्य, सुरक्षा पन्त, पुष्प खड्का लगायतका ४० जना कलाकार र १० जना नयाँ मोडल सहभागी हुनेछन् ।

यो रन वेलाई पूनम इन्टरटेन्मेन्ट र कलाकार गौरी मल्लले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन् । फेसनमा विश्व चर्चित वल्र्ड फेसन परेडले मान्यता दिदै सहकार्य गरेको कार्यक्रम संयोजक समिर धौगोडाले बताएका छन् । यो रनवेमा भारतीय डिजाइनर विशाल कपूर लगायतले आफ्नो अलौकिक डिजाइनहरुको प्रस्तुती दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?