नायिका शिल्पा पोख्रेलले बिहिबार आफ्नो जन्मदिन मनाइन् । जन्मदिनमा, उनलाई निर्माता छविराज ओझाले विशेष उपहार दिए । शिल्पाले भनिन्-‘बिहिबार उहाँले मेरा लागि वर्थ डे स्पेशल कार्यक्रम राख्नुभयो । यो नै मेरा लागि विशेष उपहार थियो ।’
छविले बर्थ डे कार्यक्रम राख्नु आफ्ना लागि सरप्राइज भएको उनले सुनाइन् । चलचित्र ‘मंगलम’मा निर्मात्री बन्नु पनि उनका लागि अर्को सरप्राइज थियो । यो चलचित्रमा आफू सह-निर्मात्री र नायिका रहेको उनले सुनाइन् ।
लामो समयदेखि शिल्पा र छविको बिहेको चर्चा भैरहेको छ । कतिपयले त, बिहे भैसकेको चर्चा पनि चलचित्र वृत्तमा गर्ने गर्छन् । शिल्पा भन्छिन्-‘हाम्रो बिहे त भएको छैन । तर, बिहे हुने पक्का हो । छवि जीसँगै मेरो बिहे हुन्छ ।’ शिल्पाको जन्मदिन सेलिव्रेशनमा उनकी आमा पनि उपस्थित थिइन् । शिल्पाले थपिन्-‘घरमा समेत कुरा भैसकेको छ ।’
चलचित्र ‘लज्जा’बाट छविराज ओझाको ब्यानरमा प्रवेश गरेकी शिल्पा अब उनको जीवनसाथी बन्ने तयारीमा छिन् ।
प्रतिक्रिया 4