नायिका नीशा अधिकारीले निर्माण गर्न लागेको चलचित्रको नाम ‘झ्यानाकुटी’ राखिएको छ । नामले नै यो चलचित्र कमेडी बिषयमा बन्न लागेको वुझ्न सकिन्छ । कमेडी साथै रोमान्टिक कथामा चलचित्र निर्माण हुनेछ । यो चलचित्रको छायांकन घले गाउँमा हुनेछ ।
चलचित्रको छायांकन फागुणबाट सुरु हुनेछ । यो चलचित्रलाई सिमोस सुनवारले निर्देशन गर्दैैछन् । नायिका निशा अधिकारी चलचित्रमा निर्मातासँगै क्रियटिभ डिरेक्टरको रुपमा रहनेछिन् । निशा र सिमोसको लगानीमा चलचित्र बन्न लागेको हो ।
चलचित्र ‘झ्यानाकुटी’मा निशा आफूले अभिनय नगर्ने बताउँछिन् । यो चलचित्रमा उनले नायिका वेनिशा हमाललाई लिडिङ लेडीको रुपमा अनुवन्धित गरेकी छिन् ।
वुझिएअनुसार, चलचित्रमा नायक सौगात मल्ल मुख्य भूमिकामा हुनेछन् । सौगात चलचित्र ‘शब्द’को प्रदर्शनका लागि अष्ट्रेलिया जाने भएकाले यसको छायांकन केहि पर सरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4