सधैं मुटु अचेल दुखिरहन्छ
यो अब बाँचुन्जेल दुखिरहन्छ ।
आइथी मिर्मिरेको किरणसँगै,
सन्ध्यामा परी ओझेल दुखिरहन्छ ।
उठाई मेरो सोझोपनको फाइदा,
खेली ठूलै चलखेल दुखिरहन्छ ।
मुटु उपचारमै वर्षौंदेखि छु,
के मिलेन तालमेल दुखिरहन्छ ।
पिएरै घाउ मत्थरै पार्नेछु,
जान्छु अब होटेल दुखिरहन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4