Comments Add Comment

दिक्तेलबाट चल्ने सवारीसाधनको भाडा घट्यो

local-bus१९ पुस, खोटाङ । जिल्लामा सञ्चालित यात्रुबाहक सवारीसाधनको भाडा घटाइएकोे छ ।  हिउँद लागेसँगै खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने जयरामघाटस्थित दूधकोसीमा अस्थायी बेलिब्रिज राखिएपछि जिल्लामा सञ्चालित लामो तथा छोटो दूरीका यात्रुबाहक सवारीसाधनको भाडा दर घटाइएको हो । नयाँ भाडादर अनुसार दिक्तेल—काठमाडाैं ३०० र दिक्तेल—गाईघाट  २०० रूपैयाँले घटेको छ ।

जिल्ला प्रशासन कार्यालय खोटाङमा सोमबार दिउँसो बसेको राजनीतिक दलका नेता, यातायात व्यवसायी सङ्घ, सरोकारवालालगायतको बैठकले दिक्तेल–काठमाडौँका लागि एक हजार ३०० रूपैयाँ, दिक्तेल–कटारीका लागि ८००, दिक्तेल–गाईघाटका लागि८००, दिक्तेल–चखेवाभञ्ज्याङका लागि  ४५०, दिक्तेल–ऐसेलुखर्कका लागि एक हजार, दिक्तेल–मात्तिमका लागि २२५, दिक्तेल–पाथेकाका लागि  २५०, दिक्तेल–खानीडाँडाका लागि  २०० रूपैयाँ नयाँ भाडा दर तोकेको छ ।

यस्तै, ऐसेलुखर्क–काठमाडौँका लागि  दुई हजार २००, जालपा–काठमाडौँका लागि  एक हजार ६००, रसुवा–पञ्चमीबजारका लागि  ३०० र रसुवा–सिम्पानीका लागि  ३०० रूपैयाँ भाडा निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताए ।

जिपका लागि भने दिक्तेल–काठमाडौँका लागि एक हजार ६००, दिक्तेल–कटारीका लागि एक हजार, दिक्तेल–गाईघाटका लागि एक हजार, दिक्तेल–चखेवाका लागि ६००, दिक्तेल–मात्तिमका लागि ३०० र दिक्तेल–पाथेकाका लागि ३०० रूपैयाँ भाडा तोकिएको छ । यात्रुको हितलाई ध्यानमा राखेर पुरानो भाडादर केही कम गरेर नयाँ भाडादर कार्यान्वयनमा ल्याइएको यातायात व्यवसायी सङ्घ खोटाङका अध्यक्ष गणेशविक्रम शाहीले बताए ।

वर्षा सुरु भएपछि र दूधकोसीको बेलिब्रिज निकालिएपछि पुनः भाडा दर वृद्धि गरिने यातायात व्यवसायी सङ्घले जनाएको छ । जिल्लामा हिउँद तथा वर्षायाममा सुरु हुनासाथ सवारीसाधनको भाडादर परिवर्तन गर्ने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment