३ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी देवी भण्डारीकी कान्छी छोरी निशाकुशुम भण्डारी र पूर्वराष्ट्रपति रामवरण यादवका नाती अभिषेक यादवबीच सोमबार बिहे भएको छ । राष्ट्रपति भण्डारीले शितल निवासबाटै छोरी अन्माइन् ।
बिहान १० बजेको शुभसाइतमा स्वयम्वर भएको थियो ।
ई. मुनिलाल यादव र सांसद किरण यादवका छोरा अभिषेक ईन्जिनियर हुन् भने निशाकुशुम डाक्टर हुन् । उनीहरुको सात वर्षको प्रेम सम्बन्ध विवाहमा परिणत भएको हो ।
बिहेमा ५१ जना जन्ती शितल निवास आएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । वर-वधुलाई शुभकामना दिन उपराष्ट्रपति नन्दबहादुर पुन, राजनीतिक दलका शीर्ष नेताहरु, सुरक्षा निकायका प्रमुखहरु, कुटनीतिक नियोगका प्रतिनिधिहरु, पूर्वराजा ज्ञानेन्द्र शाह लगायत शितल निवास पुगेका थिए ।
तस्वीर सौजन्य: राष्ट्रपति कार्यालय
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4