+
+

हेलिकोप्टरबाट रकम लगेर भूकम्पपीडितलाई पहिलो किस्ता बाँडियो

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ १० गते २०:३०

ram-hari-khariwada
१० माघ, ओखलढुंगा । ओखलढुंगाको दुर्गम गाविस पोकलीका भूकम्पपीडितले पहिलो किस्ता रकम पाएका छन् । पहिलो किस्ता अनुदान बाँड्न सांसद रामहरि खतिवडाको पहलमा हेलिकोप्टरबाट रकम लगिएको थियो ।

त्यहाँ ४ सय ६६ घरधुरीलाई ५० हजार रुपैयाँका दरले २ करोड ३३ लाख रुपैयाँ बितरण गरिएको थियो । ‘बैंकले गाडीमा जान नमानेपछि मैले साथीभाईलाई भनसुन गरेर इन्धनको मूल्य तिर्ने गरी हेलिकोप्टरको व्यवस्था गरेको हुँ’ खतिवडाले भने, हेलिकोप्टर खर्च म आफैंले व्यहोरेको छु ।’

यसअघि राहत वितरणका लागि हेलिकोप्टर लैजाँदा पीडित जनताबाटै रकम उठाएको गुनासो पनि आएको थियो । त्यसेबेला गाविसले १ लाख ८० हजार खर्च गरेको पाइएको खतिवडाले बताए ।

राहत वितरणका लागि पुगेका एमाले सभासद हर्कबोल राइले घर निर्माणका लागि पाएको पैसा घर निर्माणमै प्रयोग गर्न अनुरोध गर्दै अन्य कार्यमा खर्च नगर्न अनुरोध गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?