+
+

काउसो दलेर साढे तीन लाख लुटपाट

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ १० गते १९:०९

१० माघ, बाँके । नेपालगन्जमा आज अपराह्न एक व्यक्तिका साथबाट रु साढे तीन लाखभन्दा बढी रकम लुटिएको छ ।

धम्बोजीस्थित सिद्धार्थ बैंकबाट रकम निकालेर फर्किँदै गरेका खजुराका दिनेश कँडेलको रु तीन लाख ६५ हजार भएको झोला लुटेराले लगेका हुन् । लुटेराले कँडेलका शरीरमा काउसो दलेर पैसासहितको झोला लुटेका हुन् ।

मोटरसाइकल चलाउने बेला एक्कासि घाँटी र टाउको चिलाउन थालेपछि आफू रकमसहितको झोला छाडेर बैंकको शौचालय गएको र फर्कँदा झोला हराएको कँडेलले बताए ।

वागेश्वरी ह्युम पाइप कम्पनीमा कार्यरत कँडेलले कार्यालय प्रयोजनका लागि झिकेको रु दुई लाख ६५ हजार र आफूसँग झोलामा भएको रु एक लाख लुटिएको जिकिर गरे । । घटनाबारे अनुसन्धान भइरहेको जिप्रकाका प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?