+
+

वियोन्सको पेटमा जुम्ल्याहा बच्चा

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ २० गते १२:१५


विश्व चर्चित गायिका हुन्, वियोन्स । उनका करोडौ फ्यान विश्वभर छन् । ३५ बर्षकी यी सुन्दरी आफ्नो गायनका साथै हट फोटोसुटका कारण पनि चर्चामा रहन्छिन् । वियोन्सले लगाउने पहिरनदेखि उनको सौन्दर्यताको चर्चाले उनका फ्यानलाई लालयित बनाएको हुन्छ ।

उनै वियोन्सले वुधबार आफ्ना फ्यानलाई सरप्राइज दिएकी छिन् । वियोन्सले विकिनीमा फोटो खिचाउँदै आफू गर्भवती रहेको जनाएकी छिन् । साथमा, यी सुन्दरीले आफ्नो बढ्दै गरेको पेटमा हात राख्दै लेखेकी छिन्-‘हामी हाम्रो खुशी सबैमा शेयर गर्न चाहन्छौ ।

हाम्रो परिवारमा एकसाथ दुई वच्चाको आगमन हुँदैछ ।’ वियोन्सको पेटमा जुम्ल्याहा बच्चा हुर्किरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?