+
+

विश्वको धार्मिक परिदृश्य: सन् २०७० सम्ममा मुस्लिम पहिलो, नास्तिकको संख्या घट्ने

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २२ गते १:५०

यो शताब्दिको मध्य अर्थात् सन् २०५० सम्ममा भारत विश्वमा सबैभन्दा धेरै मुस्लिम जनसंख्या रहेको देश बन्नेछ । अमेरिकाको प्यू रिसर्च सेन्टरले सार्वजनिक गरेको रिपोर्टअनुसार विश्वमा सन् २०१० देखि २०५० को बिचमा मुुस्लिमहरुको  जनसंख्या ७३ प्रतिशतले बढ्नेछ ।

त्यस्तै यो बिचमा क्रिस्चियनको जनसंख्यामा ३५ प्रतिशतले बढोत्तरी हुनेछ र यो सबैभन्दा तिव्र रुपमा वृद्धि हुने दोश्रो धर्म हुनेछ । हिन्दुुको जनसंख्यामा भने यो ४० वर्षमा ३४ प्रतिशत मात्रले वृद्धि हुनेछ ।
द फ्युचर अफ वल्र्ड रिलिजन शीर्षकको रिपोर्टमा भनिएको छ-  सन् २०५० सम्ममा विश्वको जनसंख्या सन् २०१० को तुलनामा ३५ प्रतिशतले बढेको हुनेछ । यदि मौजूदा वृद्धिदर कायम भएमा सन् २०७० सम्ममा विश्वमा सबैभन्दा धेरै जनसंख्या भएको धर्म मुस्लिम धर्म हुनेछ ।

सन् २०१० मा विश्वमा १ अर्ब ६० करोड मुस्लिम थिए भनेे २ अर्ब १७ करोड इशाइ । यदि दुुबै धर्मको वृद्धिदर हालकै कायम रहेमा सन् २०७० सम्म विश्वमा मुस्लिम धर्म मान्नेको जनसंख्या क्रिस्चियन धर्म मान्नेको भन्दा धेरै हुनेछ ।

रिपोर्ट अनुसार सन् २०५० सम्ममा भारतमा मुस्लिम धर्माबलम्बीको संख्या ३० करोड पुुग्नेछ । त्यो सँगै भारत इण्डोनेसियालाई पछि पार्दै सबैभन्दा धेरै मुस्लिम रहेको देश बन्नेछ । यति हुँदाहुँदै पनि भारतमा मुस्लिमको भन्दा हिन्दु धर्माबलम्बीहरुको जनसंख्या धेरै रहनेछ ।

नास्तिकको संख्यामा गिरावट

अहिले विश्वमा सबैभन्दा धेरै संख्या क्रिस्चियनको छ । त्यसपछि दोश्रो स्थानमा मुस्लिम छन् । तेश्रो स्थानमा चाहीँ नास्तिकहरु अर्थात् कुनै पनि धर्म नमान्ने मानिसहरु रहेका छन् । हिन्दु धर्म मान्नेहरुको संख्या चौथो स्थानमा पर्दछ ।

रिपोर्टअनुसार युरोप तथा उत्तर अमेरिकामा बढोत्तरीका बाबजुत सन् २०५० सम्ममा विश्वमा नास्तिकको संख्यामा भने गिरावट आउनेछ । सन् २०५० सम्ममा नास्तिकको संख्या कुल जनसंख्याको १३.२ प्रतिशतमा झर्नेछ, जुन अहिले १६.४ प्रतिशत रहेको छ । यी सम्पूर्ण तथ्यहरुमा धार्मिक रुपमा प्रजनन दरको फरक मूख्य कारण हो । मुस्लिमहरुमा प्रजननदर उच्च छ, जहाँ हरेक महिलाको औसतमा प्रजनन दर ३.१ छ भने क्रिस्चियन महिलाको २.७ रहेको छ ।

रिपोर्टअनुसार सन् २०५० सम्ममा विश्वमा मुस्लिमको जनसंख्या कुल जनसंख्याको ३० प्रतिशत अर्थात् २ अर्ब ८० करोड हुुनेछ भने क्रिस्चियनको जनसंख्या ३१ प्रतिशत अर्थात् २ अर्ब ९० करोड हुनेछ ।

सबैभन्दा धेरै मुस्लिम बच्चा

रिपोर्ट अनुसार अन्य धर्मको तुलनामा मुस्लिम धर्म मान्ने बालबालिकाको संख्या धेरै छ । इस्लाम धर्म मान्ने कुल जनसंख्या मध्ये ३४ प्रतिशत १५ वर्षमुनिका बालबालिका छन् । विश्वमा कुल जनसंख्याको २७ प्रतिशत १५ वर्षमुनिका छन् । त्यसैले भविष्यमा मुस्लिम जनसंख्या अझै बढ्नेछ । तर क्रिस्चियनहरुमा भने नास्तिक बन्ने वा धर्म परिवर्तन गर्ने क्रम बढिरहेको छ । सन् २०५० सम्ममा करीब ४ करोड अन्य धर्माबलम्बी क्रिस्चियन बन्नेछन् भने १० करोड क्रिस्चियनहरुले धर्म परिवर्तन गर्नेछन् ।

अमेरिकामा बढ्नेछन् मुस्लिम

रिपोर्ट भन्छ- अहिले अमेरिकामा कुल जनसंख्याको १ प्रतिशत मात्र मुस्लिम जनसंख्या रहेकोमा सन् २०५० सम्ममा इस्लाम धर्म मान्नेको जनसंख्या २.१ प्रतिशत पुुग्नेछ । मुस्लिम देशहरुबाट अन्य देशमा आप्रवासीहरुको बहावका कारण अमेरिका र युुरोपमा मुस्लिम जनसंख्या बढ्ने अनुमान गरिएको छ ।

हंगेरी मुस्लिमप्रति सबैभन्दा बढी असहिष्णु

रिपोर्टअनुसार हंगेरी, इटाली, पोल्याण्ड तथा ग्रिस जस्ता देशहरुमा मुस्लिमप्रति नकारात्मक सोँच अत्यधिक छ । फ्रन्स, जर्मनी, बेलायत तथा उत्तर पश्चिमी देशहरुमा भने यस्तो नकारात्मक शोँच कम पाइएको छ । हंगेरीका ७२ प्रतिशत जनसंख्याले मुस्लिमप्रति नकारात्मक सोँच राख्दछन् भने बेलायतमा सयमा २८ जनाले मुस्लिमप्रति नकारात्मक सोँच राख्दछन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?