+
+

सविन र पूर्णिमाको ‘बन्धन’, बन्ने भयो ‘गुलाबी’

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २२ गते ११:३३


चलचित्र ‘बन्धन’को पोष्टर रिलिज गरिएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राइले चलचित्रको फस्टलुक रिलिज गरेका हुन् । पारिवारिक प्रेम कथामा तयार भएको यो चलचित्रलाई सिर्जना फिल्मस् प्रालिको ब्यानरमा निर्माण गरिएको हो ।

यो चलचित्रलाई नेपाली चलचित्र क्षेत्रका कान्छा निर्माताको रुपमा चिनिएका शिशिर जय खरेलले निर्माण गरेका हुन् । चलचित्रमा सविन श्रेष्ठ, पूर्णिमा लामा, कमल अधिकारीको साथमा बाल-कलाकार कन्चन ठकुरीको अभिनय छ । चलचित्रलाई समिर मियाले निर्देशन गरेका हुन् ।

चलचित्रको प्रदर्शन मिति बैशाख १५ गतेलाई तोकिएको छ । सोहि कार्यक्रममा, बम्जन फिल्मस् र श्रृजना फिल्मस् प्रालिको संयुक्त ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘गुलाबी’ को पनि घोषणा गरियो । सामाजिक र पारिवारिक प्रेम कथामा निर्माण हुने यो चलचित्रलाई देवकुमार श्रेष्ठले निर्देशन गर्ने भएका छन् ।

डीबी बम्जनको प्रस्तुतीमा तयार हुने यो चलचित्रलाई शिशिर जय खरेलले निर्माण गर्नेछन् । किरण माइकलले यो चलचित्रको कथा लेखिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?