+
+

मधेसी मोर्चालाई प्रचण्डको सुझाव- स्थानीय चुनाव गर्न सीमांकन हेरफेर अनिवार्य छैन

'आजको दिन जनताको विजयको दिनको रुपमा लिएको छु'

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत १ गते ११:४९

१ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको चुनावका लागि सीमांकन हेरफेर आवश्यक नभएको बताएका छन् । साथै उनले वैशाख ३१ को चुनाव हुनेमा आशंका नगर्न आग्रह समेत गरेका छन् ।

स्थानीय तहको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले परिस्थिति अनकुल भए लगतै संविधान संशोधन विधेयक पास गर्ने बताए । उनले अघि भने, ‘स्थानीय चुनावका लागि सीमांकन परिमार्जन अनिवार्य छैन ।’

आफूले नेतृत्व गरेको सशस्त्र विद्रोहमा करिव १३०० मधेसी समुदायले सहादत प्राप्त गरेको भन्दै उनले मधेसका जायज माग सम्बोधन गर्नु आफ्नो दायित्व भएको बताए ।

‘आजको दिन जनताको विजयको दिनको रुपमा लिएको छु’

प्रधानमन्त्री प्रचण्डले स्थानीय तहको कार्यप्रारम्भसँगै गणतन्त्रको उज्यालो जनता आफैँले अनुभुत गर्ने गरी संस्थागत भएको बताएका छन् । ललितपुर महानगरपालिका कार्यान्वयनको शुभारम्भ गर्दै प्रधानमन्त्री दाहालले स्थानीय तहको कार्यान्वयन राजनीतिक परिवर्तनको ऐतिहासिकखुड्कीलो भएको बताएका हुन् ।

स्थानीय तहसँगै जनताको घरदैलोमा सबै अधिकार पुगेको भन्दै प्रधानमन्त्री दाहालले भने, ‘जनताको घरमा अधिकार पुग्दा नै जनता विजयी हुने गर्छन र आजको दिनलाई मैले जनताको विजयको दिनको रुपमा लिएको छु ।’ उनले राजनीतिक परिवर्तन भए पनि जनताको दैनिक जीवनमा परिवर्तन नआइरहेको र जनतामा निराशा आइरहेका बेला जनताले पहिलोपटक अनुभूति गर्ने गरी परिवर्तन संस्थागत भएको दावी गरेका छन् ।

सोही अवसरमा दाहालले विभिन्न आन्दोलनमा सहादत प्राप्त शहिद, वेपत्ता र घाइतेको स्मरण गरेका छन् । उनले भने ‘जनतालाई अधिकार सम्पन्न गर्न ती शहिद, घाइते र वेपत्तको त्याग र बलिदानलाई स्मरण गर्न चाहन्छु ।’ दाहालले स्थानीय तह कार्यान्वयनमा आउनु आफ्ना लागि ठूलो हर्ष र गर्वको विषय रहेको बताएका छन् ।

उनले अघि भने, शान्ति प्रक्रिया, संविधानसभाबाट संविधान जारी र परिवर्तन संस्थागत गर्ने कामको नेतृत्व गर्न पाउँदा खुशीले गदगद भएको छु । उनले आफ्ना लागि संविधान घोषणा भएको दिन र आज स्थानीय तह कार्यान्वयन भएको दिन सबैभन्दा ठूलो खुशीको दिन हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?