१ चैत, काठमाडौं । गोमा एयरलाइन्सले आफ्नो ब्रान्ड–नेम बदल्ने निर्णय गरेको छ । विदेशीले सम्झीन सक्ने र बुझ्न सक्ने बनाउन गोमालाई फेरेर ‘समिट एयर’ बनाउने निर्णय भएको कम्पनीले जनाएको छ ।
काठमाडौंमा भएको गोमाकै एक कार्यक्रममा कम्पनीका अध्यक्ष विकास राणाले यो जानकारी दिएका छन् । यो एयरलाइन्सले दुईवटा सिंगल इन्जिनको जहाजबाट भएका सेवा थालेको ६ वर्ष भयो ।
२ वर्ष देखि लेट विमानमार्फत गोमाले यात्रु यात्रु सेवा दिइरहेको छ । यसले हालै २ वटा (एलईटी) लेट विमान पनि थपेको छ । ६ वटा विमान रहेको कम्पनी अब ‘समिट एयर’को नाममा सञ्चालन हुनेछ । गोमाले दुर्गम क्षेत्रहरुमा उडान भरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4