+
+

अमेरिका र यूरोपमा ‘दर्पण छाया २’ प्रदर्शन हुने

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत १५ गते १३:३५


नेपालमा प्रदर्शनपछि चलचित्र ‘दर्पण छाया २’ यूरोप र अमेरिकामा पनि प्रदर्शन हुने भएको छ । अबको केहि हप्तामै चलचित्रको ओभरसिजन प्रदर्शन सुरु हुने निर्देशक तुलसी घिमिरेको भनाई छ ।

नेपालमा चलचित्र प्रदर्शन गरेर अमेरिका फर्किसकेकी निर्मात्री सवु कार्कीका अनुसार, अप्रिल महिनाबाट चलचित्रको प्रदर्शन अमेरिकामा गरिनेछ । अमेरिकापछि चलचित्रलाई यूरोपका विभिन्न देशमा देखाइनेछ । अमेरिकामा हुने शोमा चलचित्रका निर्माताद्धय सवु कार्की र रवि कार्कीको साथमा नव-नायिका साहारा कार्कीको उपस्थिती रहनेछ । साहाराले यो चलचित्रबाट राम्रो तारिफ कमाएकी छिन् ।

अमेरिकापछि यूरोपका वेल्जियम, नेदरल्याण्ड, जर्मनी, स्पेन, डेनमार्कका साथै बेलायतमा चलचित्र प्रदर्शन हुनेछ । निर्मात्री सवुले चलचित्रको व्यापार भन्दा पनि दर्शकको प्रतिक्रियाले आफू उत्साहित भएको बताइन् । चलचित्रमा पुष्पल, साहारा, श्रद्धा प्रसाई लगायतका कलाकारको अभिनय रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?