भारतकी विवादित मोडल पाण्डेले लन्च गरेको ‘बोल्ड’ एपलाई गुगलले रोक लगाइदिएको छ । यो एपमार्फत उनले थप चर्चामा आउन खोजेकी थिइन् ।
दिउसो ३ बजे पुनमले लन्च गरेको एपलाई केही बेरमै गुगलले बन्द गरिदिएको हो । एप लन्च गर्नासाथ उनले आफ्ना थुप्रै बोल्ड र ग्ल्यामरस तस्वीरहरु प्रमोसन गरेकी थिइन् । ती तस्वीरहरुलाई आपत्तिजनक मानेर गूगलले तुरुन्तै रोक लगाएको हो ।
यसको जानकारी पुनम आफैंले सामाजिक सञ्जालमा गराएकी छिन् । उनले लेखेकी छिन्, ‘गुगलले मेरो एपलाई सस्पेन्ड गरिदिएको छ तर एन्ड्रोइड यूजरले मेरो वेवसाइटबाट यसलाई डाउनलोड गर्न सक्नेछन् ।
पुनमभन्दा अगाडि सलमान खान, सोनम कपूर, दिशा पटानी, सनी लियोनी जस्ता थुप्रै स्टारले आफ्नो एप लन्च गरिसकेका छन् । – एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4