३० अप्रील, अमेरिका । अमेरिकाको वासिंटन स्टेटको सियाटलमा अवैतनिक नेपाली वाणिज्य दुतावासको कार्यालय उद्घाटन भएको छ ।
यहाँका लागि नियूक्ति भएका एसी शेर्पाद्वारा स्थापना गरिएको अवैतनिक वाणिज्य दुतावासको कार्यालयको नेपालका लागि अमेरिकी राजदुत डा. अर्जुन कार्की र सिटी अफ रेडमण्डका मेयर जोन मर्सिनले संयूक्त रुपमा उद्घाटन गरेका हुन् ।
कार्यलय उद्घाटन समारोहमा राजदुत डा. कार्कीले सियालटल नेपाली दुतावास रहेको वासिंटन डिसीबाट निकै टाढा भएकोले चाहाना भएर पनि दुतावासले सजिलै आवश्यक सुविधा दिन सम्भव नहुँदा अबका दिनमा त्यो अभाव नहँुने गरी काम गर्न वाणिज्यदुत शेर्पालाई निर्देशन दिए ।
नेपालीको समुदाय बढेसंगै बढ्दै गएको चुनौतिका कारण दुतावासले गर्ने काम एकातिर हुँदाहुँदै पनि स्थानीय संघसस्थालाई आपसमा मिलेर काम गर्न आग्रह गरे ।
राजदुत कार्कीले नेपालमा रहेका समुदायलाई मिलेर काम गर्न र राजनीतिक रुपमा विभाजित नहुँन आग्रह गर्दै भने-‘राजनीति नै गर्न परेपनि अमेरिकी राजनीति गर्दा नेपाल र नेपालीका लागि मदत पुग्ने भएकोले अमेरिकामा बसेर नेपाली राजनीति गरेर समुदायलाई विभाजित नगरी एकताबद्ध गर्नुपर्दछ ।’
राजदुत कार्कीले सियाटलमा नेपाली राजदुतावासबाट उपलब्ध हुने सबै सेवा सुविधा लिन सकिने डेक्स स्थापना गरिएको जानकारी दिदै दुतावासको डेक्सबाट सेवा लिन आग्रह गरे ।
नवनियूक्त वाणिज्यदुत शेर्पाले आफूले यस अघि पनि समाज सेवामा निकै समय खर्चेकोे बताउँदै नेपाल सरकारले दिएको जिम्मेवारीको अक्षरस पालना गर्ने र समुदायका लागि थप काम गर्न प्रेरित गरेको बताए ।
उद्घाटन कार्यक्रममा रेडमण्डका मेयर जोन मस्र्यानीले नेपाली सुमदायको संख्या बढेसंगै उनीहरुका लागि वाणिज्य दुतावास स्थापना हुनु खुसीको कुरा भएको बताउदै नेपाली समुदायलाई आईपर्ने सबैखाले समस्या समाधान गर्न सिटी अफिस तयार जानकारी दिए ।
कार्यक्रममा एनआरएन अमेरिकाका क्षेत्रीय संयोजक सोनाम लामालाई एनआरएन अभियानमा गरेको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।
क्षेत्रीय संयोजक लामाले भुकम्पपछिको पुनर्निर्माणको अभियानमा गरेको योगदान, एनआरएन भवन निर्माण गरिएको योगदान, विभिन्न क्षेत्रका नेपालमा लगानी गरेको भन्दै एनआरएन अभियानमा दिएको योगदानको मुल्यांकन स्वरुप सम्मान गरिएको थियो ।
कार्यक्रममा एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेलले नेपालीहरु अमेरिकामा बढिरहेको सन्र्दभमा समुदायहरुवीच जातजाती भाषाभाषी र वर्ग भन्दामाथी उठेर एकताबद्ध भए मात्रै उपलब्धी हासिल हुनेमा जोड दिए ।
कार्यक्रममा सियाटल सिटीका काउन्सिलर एवं नेपाल सियाटल सोसाईटिका संस्थापक अध्यक्ष मोहन गुरुङ र नेपाल सियाटल सोसाईटिका अध्यक्ष गणेश सिवाकोटीले अवको दिनमा नेपाली समुदायका लागि सियाटलमा वाणिज्य दुतावास स्थापनाले नेपाली समुदायका लागि सुविधा हुने बताउँदै नेपाल सरकारले वाणिज्य दुत शेर्पालाई गरेको नियूक्तिप्रति सरकारलाई धन्यवाद दिए ।
विश्वको सातवटै महादेशको उच्च शिखर आरोहण गरेका शेर्पाले सेभेन समिट फाउण्डेसनमार्फत नेपालको सोलुुखुम्बु र सिन्धुपाल्चोक जिल्लमा स्वास्थ्य र शिक्षाकास समाजसेवा गर्दै आएका छन् ।
कार्यमक्रममा वाणिज्य दुत शेर्पाले सोलुखुम्बुकाे तिंग्लामा सामुदायिक भवन निर्माणका लागि लागि एसी शेर्पाले ४५ सय डलर अर्थात ४ लाख ५० हजार नेपाली रुपैयाँ सहयोग हस्तान्तरण गरेका थिए ।
साथै कार्यत्रममा अमेरिकाका लागि नेपाली दुतावासका आर्थिक दुत कैलासराज पोख्रेलले लागानीको अवसर र नेपाल अमेरिकावीचको विविध सम्झौताका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया 4