२२ वैशाख , झापा। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत शिवसतासी नगरपालिका-११ स्थित दूधे चोकमा शुक्रबार गुडिरहेको बसमा मोटसराइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कनकाई नगरपालिका–३ सुरुङ्गा निवासी २४ वर्षीय लक्ष्मण दाहाल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २९ प ३५९ नम्वरको मोटरसाइकल विपरीत दीशाबाट आउँदै गरेको को १ ख ४८४२ नम्वरको बससंग ठोक्किएको थियो ।
सो घटनामा गम्भीर घाइते भएका दाहालको उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी हस्पिटल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4