२३ वैशाख, काठमाडौं । नेकपा एमालेले काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर ३ मा वडा अध्यक्षसहित सबै महिला उम्मेदवार खडा गरेको छ ।
महिलाहरुलाई आरक्षण कोटामा मात्रै सीमित गनगरी व्यावहारिक रुपमै नेतृत्व तहमा ल्याउने उद्देश्यले वडा नम्बर ३ मा सबै महिला उम्मेदवार बनाइएको एमालेले जनाएको छ ।
पहिलो चरणको निर्वाचनअनुरुप ३१ वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा दलहरुले वडा तहमा दुईजना महिलासहित चार जनालाई उम्मेदवार बनाउनुपर्ने हुन्छ । त्यसमा पनि दुई महिलामध्ये एकजना दलित उम्मेदवार बनाउनुपर्ने कानुनी व्यवस्था छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4