+
+

म्हेपीमा ३२ लाख लुटेको आरोपमा ६ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २१ गते १९:३७

२१ जेठ, काठमाडौं । शुक्रबार दिउँसो काठमाडौं महानगरपालिका-२९ म्हेपीमा ३२ लाख लुटपाट भएको घटनामा संग्लग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लुटपाटमा संग्लग्नहरुलाई खोज्ने क्रममा बालाजु बोहोराटारबाट घटनामा प्रयोग भएको मोटरसाइकलसहित ६ जनालाई पक्राउ गरिएको नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।

पक्राउ पर्नेहरुमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-३ का २० वर्षीय अञ्जान थापा र ७ का २२ वर्षीय सरोज श्रेष्ठ, गुल्मीका ३३ वर्षीय लक्की पुरी, बाग्लुङ गल्कोटका २८ वर्षीय तारा बोहोरा भन्ने झम्कबहादुर बोहोरा, गोरखा आरुघाट गाउँपालिका-८ का २३ वर्षीय सिजन अधिकारी, गोरखा नगरपालिका-२ का सन्तोष बोहोरा छन् ।

घटनाका मुख्य आरोपी शम्भु पाण्डे नाम बताउने र रुपेश भन्ने सुनील महर्जन अझै फरार छन् ।

सुनचाँदी व्यवसायी सुनसरीका नन्दकुमार विश्वकर्मालाई १ किलो सुन ३२ लाखमा बेच्ने भनि पैसासहित गोंगबुको गेष्टहाउसमा बोलाएको र आउँदै गर्दा म्हेपीस्थित आशिर्वाद कलेज नजिकै दुई मोटरसाइकलमा आएको समूहले लुटपाट गरी फरार भएको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेकाहरुको साथबाट नगद ४ लाख १७ हजार, २ थान मोटरसाइकल, १ थान सुन जस्तो देखिने धातुलगायतका सामाग्री बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?