बलिउडमा यो बर्ष चलचित्रको व्यापारमा त्यती सन्तुष्ट हुने अवस्था छैन । बलिउडका ठूला ठूला स्टारको चलचित्रले पनि सुखद व्यापार गरिरहेका छैनन् ।
शुक्रबारबाट रिलिज भएको नायक सुशान्त सिंह राजपुत र नायिका कृती सेनन अभिनित चलचित्र ‘रब्ता’को पनि अवस्था त्यस्तै छ ।
यो चलचित्रले निकै कमजोर समिक्षा पाएको छ । बलिउडका चर्चित ट्रेड एनालिस्ट तरन आदर्शले त यो चलचित्रलाई शुन्य अंक दिएका छन् । उनका अनुसार, चलचित्रको कथावस्तु, कलाकारको अभिनय, निर्देशन सबै कमजोर छ ।
समिक्षकबाट निकै कमजोर समिक्षा पाएको यो चलचित्रले शुक्रबार ५.६१ करोडको ओपनिङ कारोबार गरेको छ । शनिबार चलचित्रको व्यापार ५.११ करोड छ ।
२ दिनमा फिल्मले १०.७२ करोडको व्यापार गर्यो । पूर्नजन्मको कथामा निर्माण भएको यो चलचित्रलाई दर्शकले खासै रुचाएका छैनन् । जसले गर्दा, सुशान्त र कृतीको करिअरमा समेत धक्का लागेको छ । अहिले नायक सुशान्त र नायिका कृतीको प्रेम चर्चा मिडियामा बढी चलेको छ ।
प्रतिक्रिया 4