+
+

ट्याक्टरको ठक्करबाट मोरङमा एकको ज्यान गयो

रासस रासस
२०७४ असार ५ गते १०:००

५ असार, मोरङ । पूर्व पश्चिम राजमार्गमा दक्षिणबाट राजमार्ग निस्कने क्रममा को १ त ५३४९ नम्बरको ट्याक्टरले पश्चिमतर्फ जाँदै गरेको अन टेस्ट मोटरसाइकललाई आइतबार साँझ ठक्कर दिएको थियो ।

ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक मोरङ, केराबारी गाउँपालिका–९ बस्ने ३२ वर्षीय श्याम कार्कीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा गएराति मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक मदन गिरीले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २४ वर्षीय निलम विष्ट घाइते भएका छन् । उनको धरानमै उपचार भइरहेको छ । ठक्कर दिने ट्याक्टर र त्यसका चालकलाई इप्रका बेलबारीले नियन्त्रणमा लिएको छ ।

उता, करेन्ट लागेर झापाको वैगुनधुरामा सोमबार बिहान एक जनाको मृत्यु भएको छ ।

मोटर जोडेको ट्युबेलमा पानी चलाउने क्रममा अचानक करेन्ट लाग्दा गौरादह नगरपालिका–९ का ५२ वर्षीय डाकुमसिंह गिरीको ज्यान गएको हो ।

करेन्ट लागेर ढलेका घाइते गिरीको उपचारका लागि दमकतर्फ ल्याउँदै गर्दा बाटोमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?