६ असार, कैलाली । गृहमन्त्री जनार्दन शर्माले स्थानीय तहको चुनावमा मतदाताहरुलाई भयरहित वातावरणमा मतदान गर्ने वातावरणका लागि सुरक्षा व्यवस्था मजबुत बनाउन सुरक्षा नियकायलाई निर्देशन दिएका छन् ।
प्रदेश नम्बर ७ मा आयोजना गरिएको स्थानीय तह निर्वाचन सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री शर्माले पहिलो चरणको चुनावको अनुभवलाई समेट्दै सुरक्षा व्यवस्था बलियो बनाउन सुझाव दिएका हुन् ।
सुरक्षा समितिको गोष्ठीमा सहभागी हुन धनगढी आएका गृहमन्त्री शर्माले संचारकर्मीहरुसंग कुरा गर्दै सुरक्षाको सम्पूर्ण तयारी भएको बताए ।
उनले २ नम्बर प्रदेशमा चुनाव सर्नुको कारणबारे राखेको जिज्ञासामा सुरक्षाको कारणले नभई ऐनको संशोधनको विषयका कारण राजपाकै सहमतिमा चुनाव सारिएको बताए ।
गोष्ठीमा नेपाल प्रहरीका प्रमुख, सशस्त्र प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धानका प्रमुख, मुख्य निर्वाचन आयुक्त लगायत ७ नम्बर प्रदेशका तीन वटै निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया 4