२४ जुन, युएई । पछिल्लो समयका व्यस्त गीतकार नृप्रेस उप्रेतीको शब्दमा रहेको ‘यस्तो माया’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
लामो समयदेखि बेलायतमा बस्दै आएका गीतकार उप्रेतीको शब्दमा अर्जुन पोखरेलले सहकार्य गरेका हुन् ।
बेलायतवासी नेपाली पवन शर्मा तथा नम्रता श्रेष्ठलाई म्युजिक भिडियोमा देख्न सकिन्छ । दुर्गा खरेल तथा फिरोज बस्नेतको स्वरमा रहेको रोमान्टिक गीतको निर्देशन सुव्रत आचार्यले गरेका हुन ।
अर्जुन पोखरेलको संगीत रहेको गीतको म्युजिक भिडियोको छायांकन अर्जुन तिवारीले गरेका छन् । संगीतकार पोखरेलले आफू यस गीतवाट निकै आशावादी भएको बताए ।
‘यो गीतवाट दर्शकको माया थप हुनेमा आशावादी छु’, संगीतकार पोखरेलले भने । म्युजिक भिडियोलाई द डिभाईन युट्युव च्यानलवाट सार्वजनिक गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4