पछिल्लो समय लोकगीत संगीतहरुले बजारमा राम्रै चर्चा पाएका छन् । यसैबीच हालसालै मात्र लोकगीत संगीतको क्षेत्रमा एक मार्मीक गीत सार्वजनिक भएको छ ।
नवगायिका मनिषा शर्मा र शब्द संकलक शंकर ढकालको मार्मिक गीत भेट हुँदैन् होला’ युटुब मार्फत सार्वजनिक गरिएको हो । ढकालको लय, शब्द तथा स्वर रहेको उक्त गीतमा नवगायिका शर्माले साथ दिएकी छन् ।
गीतमा माया, प्रेममा परेका जोडीहरुबीचको बिछोड हुनुपर्दाको पीडा चित्रण गरिएको छ । प्रेममा धोका खाए पश्चात मायालु जोडीहरु कतिसम्म भावुक हुन्छन् भन्ने गीतले देखाउाछ ।
काठमाडौं र आसपासका लोभलाग्दा दृश्यहरु कैद गरिएको म्युजिक भिडियोमा मोडलहरु विनोद ढकाल, दिपक खत्री र उस्मिता वगालेको अभिनय छ ।
म्युजिक ल्यावको प्रस्तुति रहेको म्युजिक भिडियोलाई मिलन कार्कीले निर्देशन तथा सम्पादन गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4